Logo
Logo

काँग्रेसमा जे भइरहेको छ, त्यो एमालेमा पनि गर्न खोजिएको थियो : ओली


1.4k
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसभित्र हाल देखिएको आन्तरिक विवाद तथा घटनालाई आफ्नो पार्टीमा पनि कसैले घटाउने प्रयास गरेको दाबी गरेका छन् । 

बिहीबार ४२औँ पिस्कर सहिद स्मृति दिवसको अवसरमा तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका संघर्ष’ पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले भने, ‘कांग्रेस पार्टीमा अहिले जे भइरहेको छ, त्यही कुरा हाम्रो पार्टीमा पनि गर्न खोजिएको थियो ।’

ओलीले एक वर्षअघि नै महाधिवेशन सम्पन्न गरेर सबै भ्रम र हल्लालाई चिर्न सफल भएको उल्लेख गर्दै भने, ‘शेरबहादुर देउवालाई जसरी बलजफ्ती निष्कासन गर्न खोजिएको जस्तै प्रयास हाम्रो पार्टीमा पनि भएको थियो । तर, समयमै महाधिवेशन गरेर त्यसलाई रोकेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्