Logo
Logo

वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सम्मान गर्दै सरकार


378
Shares

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै आएका उद्यमीलाई सरकारले सम्मान गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा योगदान पु¥याएका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको हो ।

त्यसका लागि मन्त्रालयले सूचना नै जारी गरेर आवेदन आह्वान गरेको छ । ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ अनुसार योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न मन्त्रालयले आग्रह गरेको छ ।
सूचना अनुसार कार्य भिसामा विदेश गई कम्तीमा ११ वर्ष काम गरेर फर्किएका तथा नेपाल फर्किएपछि कम्तीमा एक वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेका उद्यमीले आवेदन दिन सक्नेछन् ।

आवेदकले अनुसूची–२ अनुसारको आवेदन फाराम भरी श्रम स्वीकृति, भिसा सहितको राहदानी, व्यवसाय तथा कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्रलगायत कागजात संलग्न गर्नुपर्नेछ । साथै विगत पाँच वर्षभित्र यस मन्त्रालयबाट यस्तै प्रकृतिको पुरस्कार प्राप्त नगरेको स्वघोषणा पनि आवश्यक पर्नेछ ।

आवेदन मन्त्रालयको सूचना प्रविधि तथा तथ्याङ्क शाखामा दर्ता गर्न वा स्क्यान गरी इमेलमार्फत पठाउन सकिने मन्त्रालयले जनाएको छ । आवेदन फाराम र कार्यविधि मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्