
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार खड्काले पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । विशषे महाधिवेशनकोे विषयमा विवाद हुँदा नेपाली कांग्रेस अहिले दुई फ्याक भएको छ ।
बुधबार कांग्रेस केन्द्रीय समितीको बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला अन्सारीलाई ५ वर्षका लागि कारबाही गरेपछि भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनले गगन थापालाई सभापति चुनेको छ ।











