
काठमाडौं । नेपाली कांग्रेसको विशेष सभापति गगन थापासहित सिङ्गो केन्द्रीय समिति निर्वाचन आयोग जाने भएको छ । विशेष महाधिवेशनबाट निर्वाचन सभापति थापासहित सिंगो समिति सदस्यहरु नै दिउँसो २ बजे आयोगको कार्यालय उपस्थित हुन लागेका हुन् ।
चुनाव चिन्ह लगायतको विषयमा आयोगले छलफलको लागि बोलाएकाले जान लागेको बुझिएको छ । थापा नेतृत्वको कार्यसमितिले हिजो आयोगमा पुगेर आधिकारिकता दाबी गरेको थियो । आज शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले पनि आयोग पुगेर आधिकारिकता दाबी गरेको छ ।











