Logo
Logo

निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन सेनाले गर्ने


693
Shares

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन नेपाली सेनाको सहयोग लिने भएको छ ।

आयोगका आयुक्त सगुन शमशेर जबराले दलहरूसँग आचारसंहिताका विषयमा भएको छलफलमा सामाजिक सञ्जालमा अनुगमनबारे सेनाको सहयोग लिने जनाकारी गराएका हुन् । 

उनले सामाजिक सञ्जाल अनुगमनका लागि वैदेशिक सहयोग भएको र नेपाली सेनाको उपकरणमार्फत निगरानी गर्ने बताए ।

उनले भने, ‘चुनावमा सोसल मिडिया मनिटोरिङका लागि सामानहरू हामीलाई विदेशबाट सहयोग प्राप्त भएको छ । नेपाली सेनाको टुल्समार्फत पनि हेर्छौँ । नेपालमा सबैभन्दा स्ट्रोङ टुल्स नेपाली सेनाको नै छ ।’

त्यस्तै आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारलाई एकपटक स्पष्टीकरणको मौका दिने र स्पष्टीकरण चित्तबुझ्दो नआए कारबाही अघि बढ्ने उनले जानकारी गराए ।

निर्वाचन आचारसंहिता उल्लङ्घन हुने सामग्री सामाजिक सञ्जालमा पोस्ट रोक्न फेसबुक ९मेटा० र टिकटकसँग आयोगले सम्झौता गर्न लागेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्