Logo
Logo

गगन थापा समूहलाई निर्वाचन आयोगको गेटमै रोकियो


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष सभापति गगन थापाको समूहलाई निर्वाचन आयोगको गेटमै रोकिएको छ । कांग्रेसको आधिकारिकता विवादमा आयोगले छलफलका बोलाएपछि आयोग पुगेका गगन थापा समूहलाई गेटमै रोकिएको हो ।

शुक्रबार अपराह्न कांग्रेसकै संस्थापन शेरबहादुर देउवा समूह पनि आयोग पुगेको थियो । सो समूह आयोग भित्रै रहेकाले आफूहरू भित्र प्रवेश नगरेको थापा समूहकी केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्