Logo
Logo

कार्यकर्तालाई दिनकै कम्तीमा १० वटा स्टाटस् लेख्न ओलीको निर्देशन 


630
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावसम्म कम्तीमा १० वटा स्टाटस् लेख्न कार्यकर्तालाई निर्देशन दिएका छन् । 

शुक्रवार काठमाडौंमा आयोजित एमालेको राजधानी प्रदेश घोषणा सभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा सक्रिय भएर अबको लडाइँ लड्नुपर्ने बताएका हुन् । उनले भने, ‘अब हरेकले यो लडाइँ लड्नुपर्छ। कम्तीमा १० वटा मेसेज गर्नुस्, दिनको १० वटा स्टाटस लेख्नुस्, राम्रो कुरालेख्नुस् । साथीभाइले राम्रो गरेको कुरामा लाइक त थिचिदिनुस् बाबा । छेउमै हुन्छ ।’

उनले अहिले थकाइ मार्ने वेला नभएको बताए बताउँदै  ‘४० कटेपछि रमाऔंला’ गीतको प्रसङ्ग झिक्दै  भने, ‘अहिले थकाइ मार्ने वेला होइन, लागौँ साथीहरू । चुनावपछि थकाइ मारौला।’

आगामी प्रतिनिधि सभाको निर्वाचनमा ‘स्विप आउट’ गर्नुपर्ने उनको भनाइ थियो । ‘यो फागुनमा होस् कि, चैतमा होस् कि जेठमा, चुनाव त हुन्छ । जहिले चुनाव भए पनि हामीले स्विप आउट गर्नुपर्छ,’ उनले भने । 

आगामी चुनावबाट एमालेनै प्रमुख दल बन्ने बताउँदै उनले भने, ‘सानो मार्जिनले होइन, ठूलो मार्जिनले जित्नुपर्छ। वडा होइन, टोलटोलमा सङ्गठन भएको सशक्त, एकीकृत जुटेको मजबुत पार्टी अरू कुनै छ र ? कसैको पार्टी नै बनेको छैन। हात उठाएर उम्मेदवार खोज्नु परेको छ,’ ओलीले थपे, ‘अरू कोही छँदै छैन त प्रमुख बनिहाल्छ नि ।’

प्रतिक्रिया दिनुहोस्