Logo
Logo

देउवालाई आभार व्यक्त गर्ने कांग्रेसको निर्णय


2k
Shares

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोमा आभार व्यक्त गरेको छ ।

विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले देउवालाई आभार व्यक्त गर्ने निर्णय गरेको हो ।

‘शेरबहादुर देउवाज्यूले लामो समयसम्म पार्टीको नेतृत्व लिनुभयो । उहाँप्रति हार्दिक आभार गर्ने निर्णय बैठक गरेको छ,’ बैठकको निर्णय सुनाउँदै प्रवक्ता देवराज चालिसेले भने, ‘उहाँबाट अभिभावकीय भूमिका निर्वाह गर्नुहुने विश्वास बैठकले लिएको छ ।’ पार्टी सभापति गगन थापाको नेतृत्वमा नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा पार्टीको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्