दमक । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि नयाँ उम्मेदवार सिफारिस गरिएको छ ।

काँग्रेसको झापा-१ क्षेत्रीय समितिले पाँच जनाको नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिले अखिल नेपाल फूटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरूलाई सिफारिस गरेको छ ।
उपसभापति शर्माले २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट चुनाव जितेका थिए । यसअघि क्षेत्रीय समितिले शर्मालाई एकल नाम सिफारिस गरेपनि उनले यस पटकको निर्वाचन नलड्ने घोषणा गरेका छन् ।











