Logo
Logo

उम्मेदवार टुंग्याउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने छ ।

निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोले राजनीतिक दलहरू उम्मेदवार चयनमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्