
काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
सचिव महेश बस्नेतले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सारेर झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।
‘सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ,’ उनले भनेका छन् ।
त्यस्तै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने समेत दाबी गरेका छन्। ‘नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्ने निर्णय गरियो,’ उनले भनेका छन् ।
बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि केही जिल्ला र क्षेत्रबाहेक अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । तर, उम्मेदवार छनोट गर्दा इतर खेमाप्रति अध्यक्ष ओली अनुदार देखिएका छन्।











