Logo
Logo

आधिकारिकता दाबी गर्न आज सर्वोच्च जाँदै देउवा समूह


693
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगबाट मान्यता नपाएपछि आधिकारिकता माग्दै देउवा पक्ष आज सर्वोच्च जान लागेको हो ।

पुस २७ देखि ३० सम्म भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको थियो । निर्वाचन आयोगले थापा नेतृत्वलाई कांग्रेसको मान्यता दिएपछि देउवा समूहको बैठकले आयोगको निर्णयविरुद्ध कानूनी लडाइँ लड्ने निर्णय गरेको हो ।

बैठकले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई यसको जिम्मेवारी तोकेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगबाट निरुपण भइसकेकाले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न जाने बताए ।

प्रतिक्रिया दिनुहोस्