
काठमाडौं । नेकपा एमालेले दलित समुदायबाट चार जनालाई प्रत्यक्ष उम्मेदवार बनाएको छ ।
शनिबार बसेको सचिवालय बैठकले २१ फागुनमा हुने प्रतिनिधिसिभा निर्वाचनका लागि दलित समुदायबाट चार जनालाई उम्मेदवार बनाएको हो ।
जसमा बझाङबाट अफिलाल ओखेडा, बाँके–३ बाट दलबहादुर सुनार, बर्दिया–२ बाट बिमला बिक र डडेल्धुराबाट चक्र स्नेही छन् ।











