Logo
Logo

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट सर्वोच्चमा दर्ता, मङ्गलवार पेसी


693
Shares

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधविरुद्धको मुद्दा फिर्ता लिन सक्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन रिट दर्ता भएका छन् ।

युवराज सफल, आयुष बडालसहित र दिनेश त्रिपाठीका तर्फबाट पेस भएको रिट दर्ता भएका हुन् । रिटको पहिलो पेसी माघ ६ गते मङ्गलवारका लागि तोकिएको छ ।

रिटमा महान्यायाधिवक्ताले सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधजस्ता मुद्दा फिर्ता लिन नमिल्ने र अभियोगपत्र संशोधन भनिए पनि मुद्दा फिर्ता नै लिने उद्देश्य भएको दाबी गर्दै यसलाई रोक्न अन्तरिम आदेशको माग गरिएको छ । 

महान्यायाधिवक्ता भण्डारीले गोर्खा मिडियासँग जोडिएका सहकारी ठगीमा सबै प्रतिवादीहरूको अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् । सुरुमा उनले रवि लामिछानेको मात्र मुद्दा संशोधन लिने निर्णय गरेपनि शुक्रवार पुन: सच्चाउँदै सबै प्रतिवादीविरुद्धका दुई अभियोगपत्र संशोधनका लागि स्वीकृति दिन निर्णय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्