काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।

उनी अब राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा सक्रिय हुनेछन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा-५ बाट उम्मेदवार बन्ने उनको तयारी छ । रास्वपाको बैठकमा सहभागी हुनुअघि उनले राजीनामा दिएको सचिवालयले जनाएको छ ।











