Logo
Logo

आज जनकपुरमा रास्वपाको ‘उद्घोष सभा’, रवि र बालेनले सम्बोधन गर्ने


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनुषाको जनकपुरधाममा ‘परिवर्तन उद्घोष सभा’ गर्दैछ । आज (सोमबार) हुने सभालाई सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्नेछन् ।

सभालाई सम्बोधन गर्न बालेन आइतबार साँझ नै जनकपुरधाम पुगेका छन्। काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएलगत्तै रास्वपाका वरिष्ठ नेता बालेन जनकपुर पुगेका हुन्।

आगामी चुनावको तयारीको पहिलो सभाको रुपमा लिइएको यो उद्घोष सभालाई लिएर मधेशको राजनीतिक वातावरण तातेको छ ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, बालेन शाहको राजीनामा, मधेश आन्दोलनको बलिदानी दिवस र मधेश केन्द्रित एजेन्डालाई जोडेर आयोजना गरिएको यो सभालाई रास्वपाले मधेशमा आफ्नो राजनीतिक आधार विस्तार गर्ने कडीको रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्