Logo
Logo

उम्मेदवारी दर्ताका लागि आज झापा जाँदै ओली


693
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन् । उनी झापा–५ बाट उम्मेदवारी मनोनयनका लागि आज भद्रपुर जान लागेका हुन् ।

झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ताका लागि बिहान १०ः २५ को जहाजबाट उनी भद्रपुर अवतरण गर्ने तालिका रहेको केन्द्रीय सदस्य तुलसी कार्कीले जानकारी दिए । उनका अनुसार भद्रपुरमै क्षेत्र नम्बर १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर छलफल गर्नेछन् । यसैगरी ३ नम्बरका बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने छन् ।

क्षेत्र नम्बर २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ । क्षेत्र नम्बर ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिनेछन् । आफ्नो निर्वाचन क्षेत्र दमकका नेता कार्यकर्तासँग दमकमै भेटघाट गर्ने कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्