Logo
Logo

एमालेबाट को-को भए आउट ?


4k
Shares

काठमाडौं । एमालेभित्र आशाका किरणले हेरिएका दुई नेताहरूलाई टिकटबाट बन्चित गरिएसँगै भीम रावल भाग २ दोहोरिने शंका बढेको छ । एमालेमा रहेका १० बुँदे पक्षधरहरूलाई अध्यक्ष केपी शर्मा ओलीले पाखा लगाउने क्रममा दोस्रो पटक योगेश भट्टराई परेका छन् । एमालेभित्र चर्चित र लोकप्रिय नेताहरू उपमहासचिव योगेश भट्टराई र गोकुल बाँस्कोटालाई ११औं महाधिवेशनको रिस फेर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि भीम रावल प्रकरण दोहोरिने शंका गरिएको छ ।

यद्यपि, भट्टराईले टिकट वितरणबाट कोही पनि विचलित नहुन आग्रह गरेका छन् । जनताबाट टाढा राख्ने र निर्वाचन क्षेत्र खोस्ने नीति अनुरुप भट्टराई र बास्कोटालाई टिकट नदिएको एमालेका नेताहरूले बताएका छन् । एमालेभित्र मात्र होइन, बाहिर समेत भट्टराई र बाँस्कोटाको क्रेज बढिरहेको बेला ओली र उनीको कोटरीमा रहेको समूहले दुई नेताहरूलाई टाढा राखेको बताइएको छ ।

भट्टराईले शनिवारको सचिवालय बैठकमा विनामापदण्ड टिकट बाँडियो भन्दै ‘नोट अफ डिसेण्ट’ लेखेका थिए । उनले चारबुँदे नोट अफ डिसेण्ट आइतबार पार्टी कार्यालयमा दर्ज गराएका छन् । उनको नोटअफ डिसेण्टपछि सिन्धुपाल्चोक, कञ्चनपुर, झापाको क्षेत्र नं ४ लगायतका केही क्षेत्रका सुधार गरिएको र उम्मेदवार परिवर्तन गरिएको भएपनि उनलाई भने ओलीले टिकट दिएनन । भट्टराईलाई छाडेर युवा संघका अध्यक्ष क्षितिज थेवेलाई अघि सारे ।

बाँस्कोटा ओलीसँग मागेर टिकट नलिने अडानमा थिए । तर ओलीले माग्न आए मात्र दिने भन्दै चुपचाप बसेका थिए । बाँस्कोटको स्थानमा अशोक व्यान्जुलाई अघि सारिएको छ । व्यान्जुको टिकट निश्चित भए पनि उनले चुनाव जित्न कठिन हुने भन्दै मेयरबाट राजिनामा दिएका छैनन् । बाँस्कोटाले टिकट नपाएपछि एमाले सचिव महेश बस्नेत पनि झस्किएका छन् । उनले भक्तपुर २ प्रभावित हुने शंकामा गरेका छन् ।

भक्तपुर २ मा काभ्रेका धेरै मतदाता रहेका कारण गोकुलको टिकट प्रभावित भएपछि बस्नेत झस्किएका हुन् । काभ्रेपलान्चोक क्षेत्र नम्बर २ मा पनि एमालेले यस्तो निर्णय गरेपछि बस्नेत ओली निवासमा रहेका छन् । यसअघि सो क्षेत्रबाट उम्मेदवार बन्दै आएका गोकुल बाँस्कोटालाई टिकट नदिई अशोककुमार ब्याञ्जुलाई उम्मेदवार बनाएर प्रतिरोध लिएको विषयमा ओली क्याम्पमा पनि भुइँचालो गएको छ । काभ्रे २ बारे पनि शनिबारको सचिवालय बैठकले टुंगो लगाउन सकेको थिएन । त्यसपछि टिकट कसलाई दिने अधिकार ओलीले लिएका थिए ।

बास्कोटाले महाधिवेशनमा ईश्वर पोखरेलको समूहबाट सचिवमा उम्मेदवारी दिएर पराजित भएका थिए । उनी कुनै समय ओलीको सबैभन्दा विश्वासपात्र थिए । ओली प्रधानमन्त्री हुँदा सञ्चारमन्त्री बनेका उनी ओलीको बालकोटमा रहेको घर कुर्नसम्म बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्