Logo
Logo

सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई


315
Shares

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: omprakesh-aryal.gif

मन्त्रिपरिषद् बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकारको प्रवक्ताको जिम्मेवारी आफूलाई दिइएको जानकारी दिए ।

यसअघि सरकारको प्रवक्ताको भूमिकामा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएपछि उक्त स्थान रिक्त रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्