Logo
Logo

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, मूल एजेण्डा चुनाव


567
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भएको हो ।

पुस २७–३० भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले पहिलो पटक पार्टी मुख्यालय सानेपामा बैठक राखेको हो ।

आजको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको छ । त्यस्तै चुनावी परिणाम आफ्नो पक्षमा पार्न कार्यतालिका बनाएर आवश्यक योजना र रणनीतिका साथ अघि बढ्ने नेताहरूले बताएका छन् ।

कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीकाले निर्वाचनको तयारीबारे बैठकले निर्णय लिने जानकारी दिए । त्यस्तै कांग्रेसले यहि भोलि शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्