Logo
Logo

ओखलढुंगामा अमिरबाबुलाई समर्थन गर्दै तामाङले फिर्ता लिए उम्मेदवारी


2.5k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगाबाट स्वतन्त्र उम्मेदवारी दिएका सन्त तामाङले उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अमिरबाबु गुरुङलाई समर्थन गर्दै तामाङले उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका तामाङ टिकटको दाबेदार थिए । तर एमालेबाट विद्रोह गरेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि गुरुङले टिकट पाएका थिए । त्यसबाट असन्तुष्ट तामाङले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनले अमिरबाबु गुरुङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ताको निवेदन निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेका छन् । आयोगले आज दिउँसो ३ बजेपछि मात्रै उम्मेदवारी फिर्ताको निवेदनमाथि निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्