Logo
Logo

दक्षिण कोरियामा विकास गरे १ सेकेन्डमै रगत रोक्ने स्प्रे


567
Shares

एजेन्सी । दक्षिण कोरियाका वैज्ञानिकहरूले एक सेकेन्डमै रगत रोक्न सक्ने नयाँ स्प्रे पाउडर विकास गरेका छन् ।

The current image has no alternative text. The file name is: south-korea.jpg

केएआईएसटी विश्वविद्यालयको अनुसन्धान टोलीले तयार पारेको यस प्रविधिले गम्भीर रक्तस्राव तुरुन्तै नियन्त्रण गर्न सक्ने अमेरिकी वैज्ञानिक पत्रिका : मेडिकल एक्सप्रेसमा उल्लेख छ।

यो प्रविधिमा प्रयोग भएको एजीसीएल पाउडर प्राकृतिक सामग्री जस्तै एल्जिनेट, जेलान गम र काइटोसानको संयोजनबाट बनाइएको छ । पाउडरले रगतमा रहेको क्याल्सियमसँग प्रतिक्रिया गरेर तुरुन्त जेल निर्माण गर्छ र रक्तस्राव रोक्छ। वैज्ञानिकहरूले बताएका छन् कि यस पाउडरले आफ्नो तौलभन्दा सात गुणा बढी रगत सोस्न सक्ने क्षमता राख्दछ ।

गएको डिसेम्बर २९ मा पहिलो पटक सार्वजनिक गरिएको यो प्रविधिले परम्परागत रक्तस्राव रोक्ने विधिभन्दा छिटो र प्रभावकारी नतिजा दिने दाबी गरिएको छ । विज्ञहरूका अनुसार यो प्रविधि युद्धक्षेत्र, दुर्घटनास्थल र शल्यक्रियामा जीवन बचाउन अत्यन्त उपयोगी साबित हुन सक्छ ।

यद्यपि, यस प्रविधिको व्यापक प्रयोगका लागि अझै केही चुनौतीहरू बाँकी छन् । ठूलो मात्रामा उत्पादन, चिकित्सा नियामक निकायबाट स्वीकृति प्राप्त गर्नु र सर्वसाधारणको पहुँचमा ल्याउनु मुख्य चुनौती हुन् ।

वैज्ञानिकहरूको विश्वास छ कि यस आविष्कारले आपत्कालीन चिकित्सा सेवामा नयाँ युग सुरु गर्नेछ, जीवन बचाउने दर बढाउनेछ र युद्ध तथा दुर्घटनाका घाइतेहरूको उपचारमा ठूलो सुधार ल्याउनेछ । विशेष गरी सैनिक अभियान, आपत्कालीन चिकित्सा सेवा र शल्यक्रियामा यस प्रविधि अत्यन्त उपयोगी साबित हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्