Logo
Logo

नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउनुपर्छ : शंकर पोखरेल


504
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच अपनाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘आजको देशभक्तिको विषय’ भन्दै उनले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच अपनाउनुपर्ने, तथ्य र भावनालाई छुट्याउनुपर्ने तथा असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्ने बताएका हुन् ।

साथै उनले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने र एनार्किजमले व्यवस्था नै दुस्मन ठान्ने भन्दै दुवै मिल्दा राज्य कमजोर हुने र नागरिक विभाजित हुने बताएका छन् ।

‘राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु हो, संविधान जोगाउनु भनेको समावेशिता जोगाउनु हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको भविष्य जोगाउनु हो’, उनले भनेका छन्,‘समस्या राजनीतिक अस्थिरतामा छ । सामाजिक अराजकतामा छ ।’

प्रतिक्रिया दिनुहोस्