Logo
Logo

प्रहरी सङ्गठन नागरिक सेवामा समर्पित छ : महानिरीक्षक कार्की


441
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अनेकौँ उतार चढावकाबीच प्रहरी सङ्गठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै पुनः नागरिकको सेवामा समर्पित रहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: igp.jpg

सोमबार काठमाडौंमा प्रहरी निरीक्षक आधारभूत तालिम १८३ औँ समूह दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक कार्कीले सात दशकको इतिहास बोकेको प्रहरीले अनेकौँ उतार चढाव, जलन र दलनका बावजूद हिम्मतका साथ अझ दरो भई नागरिकको सेवामा अनवरत समर्पित रहेको बताए ।  

उनले यसबीचमा भएका बिभिन्न घटनाक्रममापछि धुलो टक्टक्याएर खरानीबाट उठ्दै फेरि पुनः नागरिकको सेवामा समर्पित भएको र आफ्नो जिम्मेवारी अटल रूपमा निर्वाह गरेको बताए । 

उनले नागरिकका अनगिन्ती समस्या, असीमित अपेक्षाहरूको सामना, समाधान र सहजीकरण गर्दै प्रहरीले जहिले प्रथम पङ्क्तिमा उभिएर सरकारको उपस्थिति जनाएको बताए । कार्कीले समय, युग तथा परिवेश अनुसार राज्यको फस्र्ट रेस्पोन्डर र कानुन कार्यान्वयन गर्ने निकायमा कार्यगत स्वायत्तता, वैज्ञानिकीकरण र साधन स्रोतमा युग परिवर्तन सुहाउँदो सरकारको लगानी आवश्यक रहेको उल्लेख गरे । 

हालको समयमा प्रहरीको जिम्मेवारी, चुनौती, अवसर र दायित्व वृद्धि हुँदै गएको स्मरण गराउँदै उनले अझ लगनशील हुन निर्देशन दिए ।  दीक्षित भएका प्रहरी निरीक्षकहरूलाई तत्काल निर्वाचनमा खटाइने उनको भनाइ छ । समारोहमा ९ जना महिला र ८३ जना पुरुष गरी ९२ प्रहरी निरीक्षक दिक्षित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्