Logo
Logo

राष्ट्रिय युवा संघले देशभरका निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड गठन गर्ने


252
Shares

काठमाडौं । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न निर्वाचनलाई लक्षित गर्दै देशभरका सबै निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड गठन गर्ने भएको छ ।

The current image has no alternative text. The file name is: yuwa-sangh.jpg

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा युवा संघले पार्टीका उम्मेदवारलाई जिताउन संगठनका सबै सदस्यलाई परिचालन गर्ने र प्रत्येक निर्वाचन क्षेत्रमा विशेष परिचालन कमाण्ड बनाउने निर्णय गरिएको जानकारी दिएको हो ।

युवा संघका अध्यक्ष महाराज गुरुङका अनुसार ती परिचालन कमाण्डले चुनावी प्रचार-प्रसारका रणनीति तयार पार्ने, मतदातामा जागरण ल्याउने, मतदानका क्रममा भयमुक्त वातावरण सिर्जना गर्ने तथा उम्मेदवारसहितको सुरक्षा व्यवस्थापनमा भूमिका खेल्नेछन् ।

उनका अनुसार देशभरका ६ हजार ७ सय ४३ वटै वडामा वडा कमाण्डर र १० हजार ९ सय ६७ वटै मतदान केन्द्र ९बुथ० मा बुथ कमाण्डर तोकिसकिएको छ ।

आसन्न आम निर्वाचनमा ‘समृद्ध नेपाल’ को एजेन्डा बोकेका उम्मेदवारलाई जिताउन राष्ट्रिय युवा संघले प्रभावकारी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्