Logo
Logo

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार मुद्दामा १० वर्षको जेल सजाय


441
Shares

काठमाडौं । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ।

The current image has no alternative text. The file name is: hasina.png

विशेष न्यायाधीश अदालत–४ का न्यायाधीश मोहम्मद रबिउल आलमको इजलासले ढाकानजिकैको सरकारी टाउनसिप परियोजनासँग सम्बन्धित दुई भ्रष्टाचार मुद्दामा हसिनालाई दोषी ठहर गरेको हो । सोही मुद्दामा उनकी भतिजी तथा बेलायती सांसद ट्युलिप सिद्दिकलाई चार वर्ष, अर्की भतिजी अजमिना सिद्दिक र भतिजा रादवान मुजीब सिद्दिकलाई सात–सात वर्षको जेल सजाय सुनाइएको छ ।

भ्रष्टाचार निगरानी निकायले हसिनाले सरकारी अधिकारीसँग मिलेमतो गरी पूर्बाचल न्यू टाउन परियोजनामा नियमविपरीत आफ्ना तथा परिवारका सदस्यका लागि ६ वटा प्लट सुरक्षित गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो ।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले फेब्रुअरी १२ मा निर्वाचनको तयारी गरिरहेका बेला यो फैसला आएको हो। यसअघि सत्तारूढ अवामी लिगलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको छ ।

हसिना यसअघि पनि सोही परियोजनासम्बन्धी अन्य चार भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कुल २६ वर्षको जेल सजाय पाइसकेकी छिन् । उनी सन् २०२४ अगस्ट ५ देखि भारतमा निर्वासनमा छन् र मानवताविरुद्धको अपराधको अभियोगसमेत सामना गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्