काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार महानगरपालिकालाई स्पष्टीकरण सोधेको हो ।

७० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रमबारेमा आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, “७० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम बजेटबाट स्वीकृत हो कि अहिले निर्णय भएको के कसो हो ?”











