Logo
Logo

रुसमा प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु


441
Shares

काठमाडौं । रुसको ओरेनबर्ग क्षेत्रको ओस्र्क सहर नजिकै सोमबार एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार दिउँसो १२:५१ बजे उक्त दुर्घटना भएको थियो । मृतकहरू सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ सिभिल एभिएसनका दुई विद्यार्थी र एक प्रशिक्षक हुन् ।

दुर्घटनाको समयमा उक्त विमानले प्रशिक्षण उडान भरिरहेको थियो । स्थानीय कानुन प्रवर्तन निकायहरूले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्