Logo
Logo

जेनजी आन्दोलन क्षतिको पुनर्निर्माणः पहिलो चरणमा ५७ करोड माग


315
Shares

काठमाडौं । सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निमाणका लागि पहिलो चरणमा ५७ करोड मागेको छ ।

The current image has no alternative text. The file name is: sing.gif

क्षतिको विवरण प्राप्त भएका संरचनाको पुनर्निर्माणसहरी विकास मन्त्रालय जुटेको हो । सोहीअनुसार पहिलो चरणका लागि हिजो(सोमबार) मात्रै अर्थमन्त्रालयसँग ५७ करोड माग गरिएको हो ।

सिंहदरबार, संसद् भवन, राष्ट्रपति कार्यालयको क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन । जसको आएको छ, ती संरचनाका लागि मात्रै  सो रकम निकासका लागि माग गरिएको हो ।  

भीभीआइपी संरचनाको निर्माणरपुनर्निर्माण तथा व्यवस्थापन सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले हेर्ने गर्छ । उक्त कार्यालय पनि सहरी विकास मन्त्रालयमातहत पर्छ ।

पहिलो चरणमा माग गरिएको रकम सहरी विकास तथा भवन निर्माण विभागले हेर्ने संरचनाका लागि भएको जनाइएको छ ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी भवन तथा संरचना पुनर्निर्माण गर्न कम्तीमा ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ बराबर खर्च लाग्ने अनुमान छ । राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा गठित समितिको प्रतिवेदनले यस्तो अनुमान ल्याएको हो ।

प्रतिवेदनमा सातै प्रदेशमा ५४ जिल्ला र २६२ स्थानीय तहका रहेका भौतिक संरचना र अन्य सम्पत्तिमा क्षति पुगेको थियो । जसमा कुल दुई हजार ६७१ वटा भवनमा क्षति पुगेको विवरण प्रतिवेदनमा छ ।

प्रतिक्रिया दिनुहोस्