काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताएकी छन्।

उनले सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको बताएकी हुन् । उनले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भए पनि निर्वाचन सम्पन्न गराउने बताइन् ।
उनले हिमाली जिल्लाहरूमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरू ओसारेर भए पनि निर्वाचन गराउने बताइन् ।
उनले निर्वाचन जसरी पनि हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारिन् । यस पटकको निर्वाचनमा करिव ३२ अर्ब खर्च हुने अनुमान रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र शतर्क रहेको उल्लेख गरिन्।











