काठमाडौँ । बङ्गलादेशसँगको हारसँगै नेपाल साफ १९ वर्षमुनिको महिला च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्न असफल भएको छ।

पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ४-० गोलले पराजित भयो । यस नतिजासँगै नेपालको फाइनल पुग्ने सम्भावना समाप्त भयो।
यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग १-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई २-१ गोलले हराएको थियो ।
अब साफ यू-१९ महिला च्याम्पियनशिपको उपाधिका लागि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । आजै भएको पहिलो खेलमा भारतले भूटानलाई ८-० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।
लगातार तेस्रो जितसहित अपराजित रहँदै बङ्गलादेश तालिकाको शीर्ष स्थानमा रह्यो भने भारत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । फाइनल खेल आउँदो शनिबार हुनेछ।
चार टोली सहभागी प्रतियोगितामा भूटान अङ्कविहीन हुँदै तालिकाको पुछारमा रह्यो ।











