Logo
Logo

ओली भर्सेज जेनजी


378
Shares

काठमाडौं । नयाँ भनिएका दल र उम्मेदवारहरूले स्थापित राजनीतिक दल र उम्मेदवारहरूलाई दबाबमा राखेका छन् । आगामी फागुन २१ गतेको निर्वाचनको अग्रपङ्क्तिमा कांग्रेस, एमाले र नेकपाजस्ता स्थापित दलहरू प्रतिरक्षात्मक अवस्थामा छन् ।

कतै चुनाव त्रिपक्षीय देखिन्छ भने कतै चारवटै दलहरूबीच प्रतिस्पर्धा स्पष्ट देखिएको छ । परम्परागत शक्ति मानिने कांग्रेस र एमालेलाई नयाँ उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा चुनौती दिएको छ । निर्वाचनको बेला उठाएका आफ्ना एजेण्डाहरू पूरा गर्न नसक्दा र ती एजेण्डाप्रति युवाहरूको प्रश्नमा स्थापित दलहरू नाजवाफ भएका छन् ।

विशेषगरी, भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलन र त्यसको दमनले सत्ताधारी दल एमालेलाई निर्वाचन समीकरणमा गम्भीर असर परेको छ । कांग्रेसले यो पटक कुनै पनि हालतमा गठनबन्ध नगर्ने भएको छ । नेपाली कम्युनिष्ट पार्टीले पनि एक्लै निर्वाचनमा गएर आफ्नो हैसियत प्रमाणित गर्न लागेको छ । विगतमा एमाले अध्यक्ष केपी ओलीको क्षेत्रमा सहयोग गर्दै आएको राप्रपाले पनि गठबनधन नगर्ने भन्दै जनपरीक्षणमा उभिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ, चितवन र पोखरा जस्ता सहरी क्षेत्रमा मात्र नभई मधेस र पहाडी क्षेत्रमा समेत आफ्नो प्रभाव बलियो बनाउन थालेपछि काँग्रेस र एमालेका लागि थप चुनौती बनेको छ । रास्वपाका सभापति रवि लामिछाने र बालेन साहको क्रेजसँगै युवाहरूको अब त अति भयो भन्ने मनोविज्ञानले रास्वपा लाई थप ऊर्जा दिएको छ ।

इदि, रास्वपाले सुशासनको मुद्दामा आफ्नो प्रस्तुतीलाई जनतासमक्ष स्पष्ट गर्न सक्यो भने उसको सिट संख्या अझै बढ्ने देखिन्छ, जसको प्रत्यक्ष असर कांग्रेस र एमालेको केही असर प्रत्यक्षमा र बढी असर समानुपातिक मतमा पर्ने निश्चित छ । रास्वपाका सभापति रवि लामिछानेले अहिले आएको राजनीतिक सुनामीलाई रोकेर देखाउन चुनौती दिदै आएका छन् ।

देशको सबैभन्दा ठुलो र पुरानो दल कांग्रेसका लागि आगामी निर्वाचन थप चुनौती बनेको छ । पार्टीभित्र विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको नेतृत्वदायी भूमिकाले र महामन्त्री प्रदीप पौडेल र साथमा विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरूको सहयोगलेले काँग्रेस ठूलो पार्टी बन्न सक्ने विश्लेषण गरिएपनि शेरबहादुर देउवा लगायतका नेताहरु मौन छन् ।

देउवाले कुनै सभामा आफ्नो सहभागिता नहुने सन्देश दिइरहेका छन् । यद्यपि, युवा पुस्तालाई अगाडि सारेर कांग्रेसले आफ्नो साख जोगाउन र युवाहरुको मत रास्वपामा जान जोगाउन सक्ने आँकलन गरिएपनि काँग्रेसभित्रको विशेष महाधिवेशन विरोधी पक्षको अन्तर घातले कांग्रेसको परम्परागत मत काटिने जोखिम भने उत्तिकै छ ।

जेनजी आन्दोलनले एमाले र अध्यक्ष केपी शर्मा ओलीको छविलाई रक्षात्मक अवस्थामा पु¥याएको छ । १८ देखि ३५ वर्षका युवा मतदाताहरू एमालेसँगबढी नै चिढिएका छन् । टिकटक र फेसबुक जस्ता सञ्जालमा लगाइएको प्रतिबन्ध र ओली भर्सेज जेनजी भन्ने भाष्य निर्माण भएकाले एमालेलाई युवा विरोधी शक्तिका रूपमा चित्रण गरेको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्