Logo
Logo

विकल पौडेलको ‘भ्रष्टाचार साम्राज्य’: ६२ करोडको हिसाब खोज्दै विशेष अदालत


1.3k
Shares

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध दायर भ्रष्टाचार मुद्दामा प्रमाण कागजात झिकाउने आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रमाणका कागजात झिकाउन आदेश गरेको हो ।

पौडेलविरुद्ध ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । अख्तियारले पौडेलसहित उनकी पत्नी एलिना बस्नेत, बाबु धर्मप्रसाद र आमा शितललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

अख्तियारका अनुसार पौडेलले आपूर्तिकर्ताबाट लिएको कमिसनबापतको रकम परिवारका सदस्य तथा विभिन्न व्यक्तिको नाममा परिचालन गरेको दाबी गरिएको छ । पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा इञ्जिनियरका रूपमा समेत कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्