Logo
Logo

शैक्षिक महिला सञ्जालद्वारा एकदिने शैक्षिक तालिम सम्पन्न


441
Shares

काठमाडौँ । शैक्षिक महिला सञ्जाल र युरेका प्रकाशन गृहको सहकार्यमा एकदिने शैक्षिक तालिम सम्पन्न भएको छ ।

टाइमलाइन स्कुल, गोकर्णेश्वर नगरपालिकामा आयोजित उक्त तालिममा २५ वटा विद्यालयमा कार्यरत महिला शिक्षकहरूको सहभागिता रहेको थियो ।

तालिममा बालबालिकाको मानसिक अवस्थालाई शिक्षण प्रक्रियासँग कसरी जोड्ने तथा व्यावहारिक र प्रभावकारी सिकाइ कसरी प्रदान गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । सहभागी शिक्षकहरूले तालिमबाट नयाँ शिक्षण विधि सिक्ने र अनुभव आदान–प्रदान गर्ने अवसर प्राप्त भएको बताएका छन् ।

शैक्षिक महिला सञ्जालकी संस्थापक अध्यक्ष पावर्ती दाहालले एकदिने तालिमले शिक्षण कार्यलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले सञ्जालले विगतदेखि नै महिला शिक्षा सशक्तीकरण, नेतृत्व विकास तथा सांस्कृतिक सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

त्यसैगरी सञ्जालकी वर्तमान अध्यक्ष शुआभा केसीले बालबालिकाको मनोविज्ञान बुझेर सिकाइ प्रक्रिया अघि बढाउनु अत्यावश्यक रहेको बताइन् । शिक्षा क्षेत्रमा महिलाहरूको सक्रिय सहभागिता अभिवृद्धि गर्न संस्था सधैं प्रतिबद्ध रहने उनले स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्