Logo
Logo

हिमालयन एयरलाइन्सको कतार, साउदी र युएईको उडान रद्द


630
Shares

काठमाडौं । मध्यपूर्व तनावका कारण हिमालयन एयरलाइन्सले कतार, साउदी र युएईमा उडान स्थगित गरेको छ ।

एयरलाइन्सले शनिबार सूचना जारी गर्दै मध्यपूर्वको हवाई क्षेत्रको हालको परिस्थितिका कारण, दुबई, दमाम र दोहा जाने सबै उडानहरू अर्को सूचना सूचना नआएसम्मका लागि रद्द गरेको जानकारी दिएको हो ।

‘मध्यपूर्वको हवाई क्षेत्रको हालको परिस्थितिका कारण, दुबई, दमाम र दोहा जाने हाम्रो सबै उडानहरू आगामी सूचना नआएसम्म रद्द गरिएको छ,’ सूचनामा भनिएको छ ।

उक्त असुविधाप्रति क्षमा माग्दै एयरलाइन्सले यात्रुहरूलाई आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटमार्फत पछिल्ला जानकारी हेर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्