Logo
Logo

मतदान सकिएको २४ घण्टाभित्र नतिजा सार्वजनिक हुन्छ : आयोग


0
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदान प्रक्रिया सम्पन्न भएको २४ घण्टाभित्रै नतिजा सार्वजनिक गरिसक्ने जनाएको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतगणना र नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ।

The current image has no alternative text. The file name is: nirwachan-ayog.jpg

प्रतिनिधिसभा सदस्य चयनका लागि यही फागुन २१ गते मतदान हुँदैछ। २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन गरिने व्यवस्था छ।

मतदातालाई सचेत र जिम्मेवार रूपमा मतदानमा सहभागी हुन आग्रह गर्दै भण्डारीले भने, “स्वच्छ भएर, सोचेर मतदान कार्यमा सहभागी हुनुस्। मतदान सम्पन्न भएपछि आयोगले यथाशीघ्र मतपेटिका संकलन गरी मतगणना सुरु गर्नेछ र नतिजा सार्वजनिक गर्नेछ। मैले त मतदान सकिएको २४ घण्टाभित्र नतिजा आइसक्छ भन्ने गरेको छु।”

२१ फागुनमा हुने निर्वाचनका लागि आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचारप्रसारको समय तोकेको थियो। आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। यो अवधि मतदान प्रक्रिया सुरु भएर सम्पन्न नहुन्जेलसम्म कायम रहनेछ।

प्रतिक्रिया दिनुहोस्