Logo
Logo

चाँडो मध्यपूर्व छोड्न अमेरिकीहरूलाई ट्रम्पको आग्रह


1.3k
Shares

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले गम्भीर सुरक्षा जोखिमका कारण अमेरिकीहरूलाई व्यापारिक माध्यमबाट तुरुन्तै धेरै मध्यपूर्वी देशहरू छोड्न भनेको छ ।

The current image has no alternative text. The file name is: trump-2.jpg

यी देशहरूमा बहराइन, कुवेत, इजिप्ट, लेबनान, इरान, ओमान, इराक, कतार, इजरायल, वेस्ट बैङ्क र गाजा, साउदी अरेबिया, सिरिया, जोर्डन, संयुक्त अरब इमिरेट्स र यमन रहेका छन् । 

आज इजरायल, संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । यसैबीच, दुई इरानी ड्रोनहरूले साउदी अरेबियाको रियादमा रहेको अमेरिकी दूतावासमा आक्रमण गरेको छ । 

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीहरूलाई सकेसम्म चाँडो मध्यपूर्व छोड्न आग्रह गरेका छन् । ट्रम्पले इरानमाथिको सबैभन्दा ठूलो आक्रमण अझै बाँकी रहेको बताएका छन् ।

सोमबार ह्वाइट हाउसमा एक विज्ञप्तिमा उनले इरानसँगको युद्ध ४९५ हप्तासम्म चल्न सक्ने तर आवश्यक परेमा यो अभियान त्योभन्दा लामो समयसम्म जारी रहने बताए ।

ट्रम्पका अनुसार अमेरिकी सेनाले हाल इरानमा ठूलो मात्रामा सैन्य कारबाही गरिरहेको छ । अमेरिकासँग विश्वको सबैभन्दा ठूलो सेना छ र यसलाई प्रयोग गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्