Logo
Logo

भोट हाल्न गाउँ फर्किनेको लर्को


504
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्यामा वृद्धि भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा राजधानीका प्रमुख नाका र बसपार्कहरूमा गाउँ फर्किनेहरूको लर्को लागेको छ ।

जसले मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेको संकेत गर्दछ । नयाँ बसपार्क (गोंगबु) र कलंकी क्षेत्रमा बिहानैदेखि यात्रुहरूको बाक्लो उपस्थिति देखिएको छ ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेश जाने यात्रुहरूको संख्या उल्लेख्य रहेको छ । निर्वाचनलाई लोकतन्त्रको महापर्वको रूपमा लिँदै मतदाताहरूले आफ्नो व्यस्ततालाई थाँती राखेर गाउँ जाने बाटो रोजेका छन् । प्रतिनिधिसभा निर्वाचन यहि फागुन २१ गते अर्थात बिहीबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्