Logo
Logo

चितवनमा निर्वाचन बिथोल्ने नेकपा बहुमत नेता पक्राउ


315
Shares

काठमाडौं । मतदान चलिरहेको समयमा निर्वाचन बिरोधी पर्चा वितरण गर्ने नेकपा बहुमतका दुई जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

The current image has no alternative text. The file name is: arrested.jpg

चितवनको भरतपुर महानगरपालिका १० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालय अगाडि निर्वाचन विरोधी पर्चा पम्लेट देखाउने क्रममा नियन्त्रणमा लिएको दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

नेकपा बहुमतको जिल्ला सेक्रेटरी धादिङ गल्छी गाउँपालिका वडा नम्बर १ घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका ०७ बसोबास गर्ने वर्ष २९ को सुमन श्रेष्ठ र नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनका चितवन संयोजक कालिका नगरपालिका ४ पदमपुर घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका १० बसोबास गर्ने वर्ष २१ को किरण गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट मोबाइल एक थान र पर्चा पम्प्लेट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्