Logo
Logo

शंकर पोखरेलको क्षेत्रका दुई मतदान केन्द्रमा निर्वाचन वहिष्कार


1.2k
Shares

काठमाडौं । नेकपा एमाले महासचिव उम्मेदवार रहेको दाङ क्षेत्र नम्बर २ का दुई मतदान केन्द्रका मतदाताले निर्वाचन वहिष्कार गरेका छन् ।

बबई गाउँपालिका वडा नम्बर १ जिला र वडा नम्बर ७ मलईका स्थानीयले निर्वाचन बहिष्कार गरेका हुन् । स्थानीयले निर्वाचन बहिष्कार गर्दै मतदानमा सहभागी नभएपछि दुई मतदान स्थलमा मतदान सुरु हुन सकेको छैन ।

बाँके राष्ट्रिय निकुञ्जभित्रका बासिन्दाले बस्ती स्थानान्तरण नगरे निर्वाचन बहिष्कार गर्ने भन्दै करिब एक महिनादेखि आन्दोलन गर्दै आएका थिए।

निर्वाचनका लागि मतदान केन्द्रमा सुरक्षा व्यवस्थासहित आवश्यक सम्पूर्ण तयारी मिलाइएको छ। मतदानमा खटिएका कर्मचारीहरू बिहान ७ बजेदेखि नै तयारी अवस्थामा बसे पनि मतदाता भने केन्द्रमा उपस्थित नभएको दाङका प्रहरी नायब उपरीक्षक रमेश बोहराले जानकारी दिए।

दाङ–२ मा एमालेका महासचिव शंकर पोखरेलसहित राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिनकुमार आचार्य र नेपाली कांग्रेसका किरणकिशोर घिमिरे प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्