Logo
Logo

दश दिनको बच्चा बोकेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना


378
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु दर्शना नवजात शिशुलाई लिएरै मतदान गर्न पुगेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी उनले क्षेत्र नं. १ को काठमाडौं वडा नम्बर १० मा पर्ने मतदान केन्द्रमा मतदान गरेकी हुन् । उनले दश दिनअघिमात्र शिशुलाई जन्म दिएकी थिइन् ।

The current image has no alternative text. The file name is: ranju.jpg

रञ्जुसँगै काठमाडौं १ मा नेपाली कांग्रेसका प्रबल थापा, राप्रपाका रवीन्द्र मिश्र,नेकपा ९एमाले०का मोहनराज रेग्मी, नेकपाकी मेनुका भण्डारीसहित उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्