काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ ।

बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढाउने निर्णय भएको हो ।
काठमाडौं क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार सर्वदलीय बैठक सकिएकाले अब केहीबेरमै गणना थाल्ने तयारी निर्वाचन कार्यालयले गरेको छ ।











