Logo
Logo

निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले दियो बधाई


378
Shares

भारतले गत वर्षका असामान्य घटनाक्रमहरूको पृष्ठभूमिमा सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता र सबै सरोकारवालालाई बधाई दिएको छ ।

काठमाडौं । भारतले प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गर्दै बधाई व्यक्त गरेको छ ।

‘नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न तथा नेपाली जनताले उत्साहजनक सहभागिता जनाएर आफ्नो प्रजातान्त्रिक अधिकार अभ्यास गरेकोमा हामी स्वागत गर्छौं,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका छन् । नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनका सम्बन्धमा सञ्चारकर्मीहरूको जिज्ञासामा प्रवक्ता जैसवालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

भारतले गत वर्षका असामान्य घटनाक्रमहरूको पृष्ठभूमिमा सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता र सबै सरोकारवालालाई बधाई पनि दिएको छ ।

साथै नेपालको शान्ति, समृद्धि र स्थिरताका लागि भारतले निरन्तर सहयोग गर्दै आएको पनि जैसवालले जनाएका छन् । ‘आफ्नो प्रतिबद्धताअनुरूप यस निर्वाचनमा पनि नेपाल सरकारको आग्रहमा भारतले आवश्यक सामग्रीहरू उपलब्ध गराएको थियो,’ प्रवक्ता जैसवालले भनेका छन् ।

दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन र नागरिकहरूको आपसी हितका लागि नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न भारत तयार रहेको पनि प्रवक्ता जैसवालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्