धनुषा । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झाले १ हजार ४०२ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेसका विमलेन्द्र निधिले ४३३ मत प्राप्त गर्दा नेकपा एमालेकी जुलीकुमारी महतोले २२९ मत प्राप्त गरेकी छिन् ।











