Logo
Logo

रास्वपा ३६ , एमाले ६ र कांग्रेस २ क्षेत्रमा अगाडी


1.1k
Shares

काठमाडौं । देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ । हालसम्मको विवरणअनुसार रास्वपाले ३६ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । नेकपा एमाले ६ क्षेत्रमा अगाडि रहेको छ भने नेपाली कांग्रेसले २ क्षेत्रमा अग्रता लिएको छ। यस्तै नेकपाले १ क्षेत्रमा अग्रता बनाएको छ ।

The current image has no alternative text. The file name is: rajnitikdal.jpg

अहिलेसम्म कुनै पनि क्षेत्रमा अन्तिम विजेता घोषणा भइसकेको छैन । तर काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शना विजयी भएकी बताइएको छ ।  देशको पाँचौँ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने अहिलेसम्म कुनै पनि क्षेत्रमा अग्रता लिन सकेको छैन । कुलमान घिसिङको नेतृत्वमा बनेको नयाँ पार्टी ‘उज्यालो नेपाल’ ले पनि काठमाडौं क्षेत्र नम्बर ३ मा अग्रता बनाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्