
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचनको परिणाम स्वीकारेर अघि बढ्नुको विकल्प नभएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतपरिणाम अनुसार रास्वपा बहुमततिर अग्रसर भएपछि उनले प्रारम्भिक प्रतिक्रिया दिँदै जनताको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका हुन् ।
‘जनताको अभिमतबाट प्रकट हुने निर्णय जे छ त्यो निर्णय स्वीकार्नुपर्छ,’ उनले भने, ‘अहिले प्रारम्भिक जे नतिजाहरू आइराखेको छ, त्यही नतिजाका आधारमा सबै निर्णय सुनाइहाल्न अलि हतार हुन्छ । तर जनताको जे फैसला आउँछ त्यो स्वीकार्य छ ।’
अहिलेको फैसला स्वीकार गरेर आगामी दिनमा संगठन निर्माण, अझ राजनीतिक मूल्य मान्यता स्थापित गर्ने र जनपक्षीय काममा आफ्नो ध्यान केन्द्रित हुने बताए ।











