
काठमाडौं । कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव कमजोर देखिएको छ । प्रारम्भिक मतगणनामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् ।
अहिलेसम्म १२ सय ४५ मत गणना हुँदा हलो चुनाव चिन्हमा ५४१ मत खसेको छ । दोस्रो स्थानमा नेकपाले ४३५ मतका साथ दोस्रो र कांग्रेस १५४ मत सहित तेस्रो स्थानमा रहेका छन् । एमाले उम्मेदवारलाई १५४ मत आएको छ ।
रास्वपाकी विनिता कठायतले ९ मत मात्र ल्याएकी छिन् । उनी रास्वपाकी निवर्तमान समानुपातिक सांसद हुन् ।











