Logo
Logo

मतगणनास्थलमै रास्वपा नेताको मृत्यु


5.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ । मोरङ क्षेत्र नम्बर २ को मतगणना स्थलमा नै ढलेका उनको मृत्यु भएको हो ।

उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेका थिए । बिहान मतगणना सुरु भएको केही समय पछि ढलेका रेग्मीको घटना स्थलमा नै मृत्यु भएको हो ।

उनको हृदयघातको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिए । अहिले मृतकको शवलाई पोष्टमार्टमको लागि कोसी अस्पतालमा ल्याइएएको छ ।

प्रतिक्रिया दिनुहोस्