Logo
Logo

गगन थापा झन् झन् पछि


1.2k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर झन् झन् बढाउँदै लगेका छन् ।

The current image has no alternative text. The file name is: gagan-amresh.jpg

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रास्वपाका सिंहले ९ हजार ३७ मत पाएका छन् । उनी सुरुदेखि नै अगाडि छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेसम्म पाँच हजार आठसय २८ मत पाएका छन् । थापा सुरुवातदेखि नै सिंहसँग पछाडि परेका छन् ।

यस्तै, नेकपा ९एमाले०का अमनिशकुमार यादवले १ हजार ४२२ मत पाएका छन् भने कम्युनिस्ट पार्टी ९नेकपा०का रजनिश रायले ४६१ मत पाएका छन् ।

सीके राउत नेतृत्वको जनमत पार्टीका राकेशकुमार मिश्रले ५११ मत पाएका छन् । सर्लाही ४ को मतगणना गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा जारी छ ।

सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्