काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा रास्वपाले अग्रता कायमै गरेको छ । ताजा मतपरिमाण अनुसार रास्वपाका राजेश चौधरीले २० हजार १६५ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका अनिल कुमार झाले ५ हजार ८३६ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्ताले ७ हजार ७१५ मत पाएका छन् ।
यस्तै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका उम्मेदवार माधवकुमार नेपालले ५ हजार १७० मत ल्याई चौथो स्थानमा छन् ।











